यौन व्यवसायमा संलग्न ७ जना पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ असार ३१, मङ्गलबार  
यौन व्यवसायमा संलग्न ७ जना पक्राउ

काठमाडौँ । कैलालीको धनगडी विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न ७ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतको अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेश रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेका छन् ।

गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको हो । शनिबार पक्राउ परेका व्यक्तिहरुलाई सोमबार मात्रै सार्वजनिक गरिएको हो । 
 

 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार