भारतको परिस्थिति नसुध्रिएसम्म लकडाउन अन्त्य गर्न रहर गर्नु हुँदैन : मुख्यमन्त्री गुरुङ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ चैत २९, शनिबार  
भारतको परिस्थिति नसुध्रिएसम्म लकडाउन अन्त्य गर्न रहर गर्नु हुँदैन  : मुख्यमन्त्री गुरुङ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भारतमा कोरोना भाइरसको संक्रमण नरोकिएसम्म नेपालमा लकडाउन अन्त्य गर्न रहर गर्नु  नहुने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भिडियो वार्ता पनि प्रदेशका गतिविधीबारे जानकारी दिर्दै लकडाउन फेरि पनि निरन्तर गर्नु पर्नेमा जोड दिए ।

शनिबार दिउँसो मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री ओलीसँग गरेको भिडियो वार्ता गण्डकी प्रदेशमा अहिलेसम्म भएका गतिविधिबारे जानकारी गराएको सुनाए ।  ‘लकडाउन निरन्तर गर्नुपर्छ किनभने भारतमा विकराल भइराछ,’ प्रधानमन्त्रीको सन्देश उद्धृत गर्दै मुख्यमन्त्रीले भने, ‘लकडाउन फेरि पनि निरन्तर गर्नुपर्छ, धेरै मान्छेलाई सचेत बनाउनुपर्छ ।’

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार