दक्षिण भारतको केरलामा बाढीले २० को मृत्यु , २२ हाजार भन्दा बढी विस्थापित 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन २४, शुक्रबार  
दक्षिण भारतको केरलामा बाढीले २० को मृत्यु , २२ हाजार भन्दा बढी विस्थापित 

एजेन्सी ।  दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको बताइएको छ ।

यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार केरलाको प्रायः भागमा आएको  भारी वर्षापछि बाढीको प्रकोप निम्त्याएको हो । बाढीको प्रकोपबाट घरबारबिहीन भएका व्यक्तिहरुको लागि देशभरी ३ सय १५ ओटा उद्धार शिवीरहरु खोलिएको सरकारी अधिकारीहरुले जनाएका छन् । 

सो शिवीरहरुमा ५ हजार ९३६ परिवारका २२ हजार १६५ व्यक्ति व्ल्यक्ति शरण लिई बसेका जनाइएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार