कोरोना संक्रमण भएको थाहा भएपछि नर्सले गरिन आत्महत्या

लाल्टिन खबर ,
प्रकाशित: २०७६ चैत १३, बिहीबार  
कोरोना संक्रमण भएको थाहा भएपछि नर्सले गरिन आत्महत्या

काठमाडौँ । कोरोना भाइरस संक्रमित नर्सले अरुलाई सर्ने डरले आफैले आत्माहत्या गरेकी छिन् । इटालीकी  ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले आफुलाई समेत संक्रमण भएको थाहा भएपछि आत्महत्या गरेको जनाएको छ ।

डेली मेलका अनुसार उनले कोरोनाको सवैभन्दा प्रभावित क्षेत्र लोम्वार्दीमा अग्रपंक्तिमा रहेर संक्रमितहरुको उपचार गरेकी थिइन ।

उनले आफ्नो सुसाइड नोटमा कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित भएकोले अब अरु मानिसहरूलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरु धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे, लेखेकी छिन् ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार