काठमाडौँ । निरन्तर बढिरहेको सुनको भाउ बढ्ने क्रम जारी छ । आज बुधबार सुनको मूल्य १५ सय रुपैयाँले बढेर ६९ हजार ५ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २७ डलरले बढेको छ । मंगलबार प्रति औँस १४ सय ५९ डलरमा कारोबार भएको सुनको भाउ बुधबार प्रति औँस १४ सय ८६ डलर पुगेको हो ।
चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय १० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मुल्य निर्धारण समितिले जानकारी दिएको छ ।
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार
२०७६ मङ्सिर २५, बुधबार