कम्युनिष्ट आन्दोलनालाई वैैचारिक रुपले विकास गर्नुपर्छ : देव गुरुङ  

लाल्टिन खबर ,
प्रकाशित: २०७६ चैत ४, मङ्गलबार  
कम्युनिष्ट आन्दोलनालाई वैैचारिक रुपले विकास गर्नुपर्छ : देव गुरुङ  

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले कम्युनिष्ट आन्दोलनलाई वैचारिक रुपले विकास गर्नुपर्ने बताएका छन् ।

उनले कम्युनिष्टहरुको नेतृत्वमा राष्ट्रिय मुक्ति आन्दोलन सफल पार्न सक्यो भने समाजवादी क्रान्तिको ढोका खुल्ने उनको भनाइ छ । यद्यपी समाजवादी क्रान्ति नारामा मात्रै सिमित हुने उनको बुझाइ छ । नेपालमा कम्युनिष्ट आन्दोलनको प्रभाव निकै सकारात्मक रहेको  बताउँदै उनले राष्ट्रियताको भावना प्रचुर मात्रामा रहेको बताएका छन् ।

वैचारिक रुपले हेर्दा नेपालमा उर्वरा युक्त भूमि रहेको र अर्कोतर्फ चुनौतीको विषयमा विश्व साम्राज्यवाद एक धु्रविय बनेर रहेको  बताए । खासगरी ९० को दशकमा स्ववियू संघको विकिरण पश्चात विश्व एकध्रुविय रुपमा रहेको बताए । उनले यसरी रहेको विश्व एकपक्षीय रुपमले हस्तक्षेप गर्नेतर्फ गइरहेकाले प्रत्यक्ष टकराब पैदा हुने एकतर्फी अवस्था देखिएको उनको धारणा रहेको छ ।

यो स्थितीमा सचेतता पूर्वक  कम्यूनिष्टहरुले साम्राज्यवादको विरुद्धमा मोर्चा निर्माण गर्न सके राम्रो सम्भावना रहेको बताए । यदि कम्युनिष्ट त्यसरी अगाडी बढ्न नसके कम्युनिष्ट आन्दोलन मात्रै नभएर नेपाल नै सकिने अवस्थामा रहेको उनले बताए । यसरी कम्युनिष्टको ब्यूँतदो अवस्थालाई टट्कारो रुपमा लिन सकेन भने नेपालमा निकै जोखिमपूर्ण अवस्था सिर्जना आउन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘इतिहासमा नै पृथ्वी नारायाण शाहको इतिहास कहिले उत्तरतर्फ कहिले पूर्वी तर्फ युद्ध भएको देखिन्छ । त्यो हिसाबले हेर्दा त्यो बेलामा पनि जोखिम नभएको स्थिती होइन भन्ने स्पष्ट देखिएको छ ।’ युद्धको बेलामा देखिएको द्धन्द छुट्टै हो । तर त्यसैलाई लिएर अहिलेको परिस्थिती तेस्तो देखिदैन् । तर पनि न्यू क्लोनिजममा भित्र भित्रै षड्यन्त्र  गर्दै लैजादाँ एजेन्सी र दलालहरु समाप्त गर्ने खालको दिशातर्फ जोगाइराखेको छ ।

यो नेपालको लागि निकै चुनौतीपूर्ण अवस्था रहेकाले ठिक ढंगले नेपालमा सुरक्षा परिचालन गर्न सकेन भने कम्युनिष्ट आन्दोलन समाप्त हुने  मात्रै नभएर नेपाल नै समाप्त हुन सक्ने स्थिती पैदा हुने गुरुङले बताए । त्यसकारण विचारमा समृद्धिकरणको खाँचो रहेको र त्यही आधारमा कम्युनिष्ट पार्टीलाई निर्माणको खाँचो रहेको उनको भनाइ छ । त्यही अनुसार गैर कम्युनिष्ट राजनितिक दलहरुसँगको सहकार्य गरेर अगाडी बढ्नुपर्ने उनको बुझाइ रहेको छ ।
 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर