मार्क्सवादको जीवित आत्मा नै  कम्युनिष्ट पार्टी  हो : प्रचण्ड

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन ३०, शुक्रबार  
 मार्क्सवादको जीवित आत्मा नै  कम्युनिष्ट पार्टी  हो : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादको जीवित आत्मा नै कम्युनिष्ट पार्टी भएको बताएका छन् । उनले  कम्युनिष्ट पार्टी के हो भन्ने विषयमा छलफल गर्दा  यस्तो बताएका हुन् ।

कयुनिष्ट  भनेको मार्क्सवादको चुरो कुरो लेनिनले बारबार जोड दिएको कुरा ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने कुरा नै मार्क्सवादको जीवित आत्मा रहेकाले यो नै कम्युनिष्टको सिद्धान्त भएको उनको भनाइ छ । 

पार्टी भनेको के हो भन्नेबारे यो कम्युनिस्ट पार्टी रहेसम्म बहस चलिरहन्छ । मूलभूत रुपमा पार्टी भनेको एउटा विचार, संगठन, राजनीति र कार्यक्रम हो । अर्को पार्टी भनेको विधि पद्धति हो ।विचार र विधिको संश्लेषण नै पार्टी हो । विचार र विधिको एकरुपता नै पार्टी हो ।

पार्टी के हो भन्ने बारे चिनि याँ राष्ट्रपति सी जिनपिङ (सी चिनफिङ) सँग पनि नेपाल भ्रमणमा  आएको बेला छलफल गरेको उनले बताए । उनले भने, ‘हामी मार्क्सवाद, लेनिनवाद र माओवादका सिद्धान्तहरुमा प्रतिबद्ध छौँ, चिनियाँ विशेषतासहितको समाजवादी कार्यक्रममा हामी दृढ छौँ ।’ 

विधि, पद्धति र विचारमा प्रष्ट भएका कारण हामी नौ करोड पार्टी सदस्यलाई पनि राम्रो व्यवस्थापन गरेका छौँ । र, एक अरबभन्दा बढी मानिसलाई हामीले नेतृत्व दिन सकेका छौँ, प्रचण्डले भने । एक अरबभन्दा बढी मानिसलाई नेतृत्व दिन सक्ने कम्युनिष्ट पार्टी भित्र पहिला विचार, राजनीति र कार्यक्रमा प्रष्ट हुनुपर्ने स्पष्ट पारे ।

पार्टीभित्र विधि र पद्धतिमा प्रष्ट हुनुपर्ने उनको धारणा छ । विचारलाई आवश्यक महत्त्व दिएर, त्यसलाई विशिष्टता हासिल गर्ने प्रक्रियालाई अगाडि बढाउन सकेनौँ, त्यसलाई समय परिस्थिति, विश्वमा आएको बदलाव, विज्ञान(प्रविधिमा आएको नयाँ नयाँ आविष्कार र विश्व राजनीतिक रंगमञ्चमा आएका परिवर्तन लगायतका थुप्रै कुराहरुसहित हामीले हाम्रा विचारलाई गतिशील रुपमा विकास गर्न नसक्ने बताएका छन् ।

परिमार्ज गर्ने प्रकृतिभित्र हामीले आफूलाई बाँध्न सकेनौँ भने हामी दिशाहीन हुने खतरा हुने भएकाले विचारलाई निरन्तर गति दिन र परिस्थिति अनुरुप अगाडि बढाउनुपर्ने उनको भनाइ छ । 

 
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार