मुसहर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १९, आइतबार  
मुसहर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ । हेल्पीङ  ह्यान्डस नेपाल र एनटियु पिएचडी स्टुडेन्टस सिंगापुरको आर्थिक सहयोगमा मुसहर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।

आर्थिक अभावको कारण  शिक्षा बाट बञ्चित भएका देश नम्बर २, सर्लाही जिल्ला, चन्द्रनगर गांउपालिका वडा नम्बर २ का ती २८ जना  मुसहर तथा अति विपन्न डोम, चमार, धोबी समुदायका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

चन्द्रनगर गांउपालिका वडा नम्बर २ का अध्यक्ष राम नारायण महतोद्धारा विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरीका सामाग्री वितरण गरिएको  छ । हेल्पीङ  ह्यान्डस नेपाल, एनटियु पिएचडी स्टुडेन्टस सिंगापुर र भोरका सदस्यहरुको आर्थिक सहयोगबाट विगत तिन वर्ष देखि प्रत्येक वर्ष ती विधार्थीहरुलाई पोशाक र स्टेशनरी प्रदान तथा ट्यूशन पढाउने कार्य समेत भइरहेको छ ।

भोर, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको संयोजक पचुलाल माझि मुसहर र भोरको सदस्य उमेश कुमार साहको व्यवस्थापनमा सो पोशाक र स्टेशनरी वितरण कार्य सम्पन्न भएको हो । यस्तै सहयोगी संस्थाहरुको सहयोगले शिक्षा बाट बन्चित मुसहर समुदाय लगायत डोम, चमार, र धोवी समुदायका बालबालिकाहरुलाई औपचारीक शिक्षा अध्य्यनको मुलधारमा ल्याउने एक सरल, मित्तव्ययी र सृजनात्मक मोडलको कार्यान्वयन भई रहेको छ ।

दलित समुदायकै उच्च शिक्षा अध्य्यन गरिरहेको योग्य व्यक्तिद्धारा दैनिक ट्यूशन पढाउने, विधार्थीहरुको अनुगमन गर्ने र विधार्थीको परिवारमा अध्य्यनको वातावरण बनाउने जस्ता केही सरल कार्यहरु भइरहेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिए । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार