भोली सार्वजनिक बिदा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १४, बुधबार  
भोली सार्वजनिक बिदा

काठमाडौँ ।  पाटन नगरपालिकाले भोली राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले राष्ट्रपतिको स्वागतमा नगरपालिकाले बिहीवार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिएका छन्।

 भण्डारीले भने , राष्ट्रपति भण्डारी बुधवारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा आउँदै छन्। बिहीवार बैतडीस्थित त्रिपुरासुन्दरी भगवती दर्शन गर्ने कार्यक्रम रहेको छ भने पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उदघाटन गर्ने कार्यक्रम रहेको छ। यस्तै, राष्ट्रपतिलाई बैतडीमा नागरिक अभिनन्दन र स्वागत गर्ने कार्यक्रम समेत तय गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार