प्रधानमन्त्रीले दिए केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १४, बुधबार  
प्रधानमन्त्रीले दिए केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  ऐतिहासिक केशर महलको आज अवलोकन गरेका छन्। गोरखा भूकम्पबाट क्षति भई प्रवलीकरण भइरहेको महलको अवलोकन गर्दैै प्रधानमन्त्री ओलीले केशर महलको ऐतिहासिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले केशर पुस्तकालय र स्वप्न बगैँचाको पनि अवलोकन गरेका छन् । पुस्तकालयको अवलोकनपछि उनले आगन्तुक पुस्तिकामा ‘केशर पुस्तकालयको संरक्षण र सदुपयोग गरौं’ भन्ने लेख्दै खुसी ब्यक्त गरेका छन् ।

त्यसैले  ५९ करोड ५० लाखको ठेक्का सम्झौता रहेको केशरमहलको प्रवलीकरण २०७८ साल मङ्सिरसम्ममा सम्पन्न गर्ने लक्ष्य छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार