आज नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १४, बुधबार  
आज नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । विहान ११ बजे बस्ने भनिएको बैठकमाएमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले आफ्नो धारणा राख्ने बताइएको छ ।

त्यस्तै ,बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताबारे छलफल हुने बताइएको छ । साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने बताइएको छ ।

यसअघि बसेको बैठकमा यी विषयमा छलफल भए पनि नेतृत्व टुंगोमा पुग्न नसकेपछि   फेरी एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टी्भित्रबाटै दबाव आउन थालेपछि नेकपाले बैठकबाट उक्त विषय सम्बोधन गर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार