हात्ती पिडित आमा र मेयर दाहाललाई साक्षी राखेर वडाअध्यक्षले तोडे अनसन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १३, मङ्गलबार  
हात्ती पिडित आमा र मेयर दाहाललाई साक्षी राखेर वडाअध्यक्षले तोडे अनसन

काठमाडौँ । विगत ७ दिन देखि विभिन्न माग राख्दै अनसन बसेका माडी नगरपालिका वडा नं १ का अध्यक्ष कृष्णप्रसाद पौडेलले अनसन तोडेका छन् । अध्यक्ष पौडेलले भरतपूर महानगरकी मेयर रेनु दाहालको अगुवाईमा जुस खाएर असन तोडेका हुन् ।

उनको मागबारे नेकपाका अध्यक्ष प्रचण्डको एकेबद्धता र समाधानको प्रतिबद्धता एवम् प्रधानमन्त्रीके समेत माडीको मागबारे ध्यानकर्षण भएपछि  मेयर रेनु दाहाल ,जिल्ला स्थित नेता ,प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा वडाअध्यक्षले अनसन तोडेका हुन् । पौडेलले प्रचण्डसँग टेलिफोनमा कुराकानी भएपनि अनसन तोडेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार