खानीडाँडा विमानस्थलमा परीक्षण उडान सफल

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १३, मङ्गलबार  
खानीडाँडा विमानस्थलमा परीक्षण उडान सफल

काठमाडौँ । खोटाङको खानीडाँडा विमानस्थलमा नेपाल नागरिक उड्यन प्राधिकरणले गरेको परीक्षण उडान सफल भएको छ । वि सं  २०७५ साल जेठ १ गते दिउँसो गएको पहिरोका कारण अवरुद्ध विमानस्थल पुनः मर्मतपछि आजबाट सफल परिक्षण गरिएको हो ।

खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सबैभन्दा छोटो दुरीमा पर्ने खानीडाँडा विमानस्थल सबै ग्रामिण भेगका स्थानियहरुमा समर्पित हुनुका साथै जिल्ला अस्पताल दिक्तेलबाट रिफर गरिएका बिरामीलाई अन्यत्र लैजान सहजका लागि हप्तामा दुई पटक उडान नियमित उडान गरिने”  प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङले बताए ।

खानीडाँडा विमानस्थलमा अवतरण भएको सो विमानमा अर्का प्रदेशसभा सदस्य , नेपाल वायु सेवा निगमका अप्रेसन विभाग प्रमुख दिपुराज ज्वारचन लगायतका टोली निरीक्षणमा आएका थिए।
 
पहिलो चरण अन्र्ततगत खानीडाँडा–काठमाडौँ उडान गरिने  निगमका अप्रेसन विभाग प्रमुख ज्वारचनले जानकारी दिएका छन्। पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल प्राधिकरणको पाँच करोड ३९ लाख ४३ हजार ३५ रुपैयाँ ८८ पैसा लगानीमा कान्छाराम कन्ट्रक्शन प्रा।लि। काठमाडौँले पुनः मर्मतको काम गरेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

वि सं २०७५ साल भदौ १६ गतेबाट काम शुरु गरिएको विमानस्थल पुनः मर्मतको काम गत मङ्सिरमै सम्पन्न गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि हर्कबहादुर श्रेष्ठले बताए ।

भलपानी थुनिएर शुरु भएको पहिरो विमानस्थलको दक्षिणी क्षेत्रको करीब ५० मीटर फराकिलो भएर गएको थियो । झण्डै दुई वर्ष अवरुद्ध विमानस्थलमा सफल परीक्षण भएपछि नियमित उडान हुनभएपछि जिल्लावासी हर्षित भएका छन् ।

तीन वटा विमानस्थल रहेको जिल्लामा यसअघिसम्म उत्तरी क्षेत्रमा रहेको लामीडाँडा र दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थल मात्रै सञ्चालनमा रहेको थियो । दश स्थानीय तह रहेको जिल्लाको तीन वटै विमानस्थल अहिले कालोपत्रे गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार