परिवार दल र नेकपाबीच समसामयिक राजनिति विषयमा छलफल 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १३, मङ्गलबार  
परिवार दल र नेकपाबीच समसामयिक राजनिति विषयमा छलफल 

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।

नेकपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड लाइ भेटि ढकालले समसामायिक राजनैतिक बिषयमा छलफल गर्नुको साथै  तत्कालिन नेकपा एमाले र नेपाल परिवार दल बीच भयको ३ बुदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण  गराएको उनको निजि सचिव जितेन्द्र श्रेष्ठले बताए ।

केहि समय अघि परिवार दलले सोहि बिषयमा नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि ध्यानाकर्षण गरायको थियो । गत निर्बाचनको बेलामा परिवार दलले तिन बुदे सहमति गरि वाम गठबन्धनलाइ सघायको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो ।

अध्यक्ष प्रचण्डले दुइ पार्टीको बिगत देखिको सहकार्यको स्मरण गर्दै आफ्नो ध्यानाकर्षण भयको र सहमतिलाई सकारात्मक रुपमा पार्टीमा छलफल गर्ने बताएको परिवार दलका प्रवक्ता सन्तोष पौडेलले बताए ।

भेटमा नेकपाका वरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र महासचिब बिष्णु पौडेल सहभागी थिए  भने परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रवक्ता सन्तोष पौडेल तथा गण्डकी प्रदेश संयोजक प्रकाश बाबु थापा सहभागी थिए । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार