प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ छलफलको एजेन्डा

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १३, मङ्गलबार  
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ छलफलको एजेन्डा

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ ।

आज दिउँसो बस्ने बैठकमा विभिन्न विधेयक र प्रस्ताव पेश हुने कार्यसूची रहेको छ।बैठकमा अर्थमन्त्री युवराज खतिवडा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र कृषि सहकारी तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विभिन्न विधेयक पारितसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

यसअघि संसद अवरुद्ध गर्दै आएको प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार बैठक सञ्चालन गर्न दिने भएको छ । संसद अवरुद्ध गरेर समस्याको समाधान नहुने भएपछि कांग्रेसहित तीन दल मिलेर अघि बढ्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार