कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ : मुख्यमन्त्री गुरुङ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १२, साेमबार  
कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ : मुख्यमन्त्री गुरुङ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुले कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको भन्दै सम्बन्ध सुधारमा जोड दिएका हुन् ।

उनले कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी समेत गरेका छन् । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्न नहुने उनको भनाइ छ ।

पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको मुख्यमन्त्री गुरुङले सुनाए । मुख्यममन्त्री गुरुङले भने, ‘हामी आफैंलाई सिध्याउने बाटोमा लागिराख्या छौं । त्यसैले प्रतिक्रियावादीले हाम्रोविरुद्ध खेलिरहेका छन् ।’‘सादा जीवन उच्च विचार’ दूर्लभ भइसकेको तर नेकपाले जीवित तुल्याउने प्रयत्न गरिरहेको उनको दाबी छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार