रामेछापको तामाकोसी नदीमा र्याफ्टिङ सेवा सुरु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन ११, आइतबार  
रामेछापको तामाकोसी नदीमा र्याफ्टिङ सेवा सुरु

काठमाडौँ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी तामाकोसी नदीमा र्याफ्टिङ सेवा सुरु भएको छ । दोस्रो रामेछाप महोत्सवको अवसर पारेर तामाकोसी नदीमा शनिबारदेखि र्याफ्टिङ सेवा सुरु भएको हो ।

लिखुतामाकोसी गाउँपालिकाको तिल्पुङदेखि मन्थली विमानस्थलसम्म  किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले सो सेवा सुचारु गरेको हो  । अहिले तिल्पुङ खोला दोभानदेखि मन्थलीसम्मको र्‍याफ्टिङ गर्नका लागि प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क तोकिएको  र्याफ्टिङ संचालक किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडका सिताराम लोहारले जानकारी दिए ।

देवीटारदेखि खुर्कोटसम्म सेवा सञ्चालन गर्दा शुल्कमा केही परिमार्जन गर्नुपर्ने उनको भनाइ छ । तिल्पुङखोला दोभानदेखि मन्थलीसम्मको यात्रा करिब एक घण्टा ३० मिनेटको हुने छ । रामेछापको देवीटारदेखि खुर्कोटसम्म सहजै र्याफ्टिङ सञ्चालन गर्न सकिने र्याफ्टिङ चालक निराजन रायमाझीले बताए ।

र्याफ्टिङ  सहासिक खेल भए पनि तामाकोसीको यो भागको यात्रा त्यति जोखिमपूर्ण नरहेको चालक रायमाझीको भनाइ छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार