माक्र्सवादको निर्देशनले नै हामीलाई यो अवस्थामा ल्याएको हो : अध्यक्ष दाहाल 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १०, शनिबार  
माक्र्सवादको निर्देशनले नै हामीलाई यो अवस्थामा ल्याएको हो : अध्यक्ष दाहाल 

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माक्र्सवादको निर्देशन र पथप्रर्दशनलाई अंगालेर नै यहाँ सम्म आइपुगेको बताएका छन् ।

उनले मार्क्सवादको अनुसन्धानपूर्वको इतिहासको स्मरण गर्दै पार्टी र आन्दोलनका इतिहासले पनि आफुलाई अप्ठ्यारो परिस्थितीबाट अगाडी बढाउन सिकाएको बताए । आफ्नो हिडाइमा खुट्टा अगाडी र पछाडी गरेमात्रै अगाडी बढ्न सकिने कुरालाई उदाहरण दिँदै उनले कम्युनिस्ट आन्दोलन पनि त्यसैगरी अगाडी बढेको बताए ।

पार्टी एकताको जो स्थिति छ त्यो स्थितिबाट अगाडि बढ्ने संकल्प गर्ने र आफूलाई उद्देश्यबाट विचलित नहुने संकल्प गर्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।  मार्क्सवादी र क्रान्तिकारी बाटोले नै क्रान्ति सफल भएको उनले बताए । 

उनले भने, ‘हामी मार्क्सवादकै निर्देशन, पथप्रर्दशनमा समाजवादी रणनीतिमा अगाडि बढ्ने, समाजवादको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा छौं ।’ उनले इतिहासका अनुभवहरु, नीति कार्यक्रमहरुलाई परिमार्जन गर्दै विकसित गरेर जाने मान्यताका साथ आफुहरु अगाडी बढेको बताए ।

जसरी हिजो हामी एउटा घोषणा मार्फत गठबन्धन कायम गर्ने र पार्टी एकताको लक्ष्यसहित अगाडि बढ्ने र निर्वाचनमा एउटै घोषणा पत्र अनुसार साझा उम्मेदवारसाथ चुनावमा होमिने गरी एकढिक्का भएर  अगाडी बढ्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर