भरतपुर - लुम्बिनी कार र्याली सुरु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १०, शनिबार  
भरतपुर - लुम्बिनी कार र्याली सुरु

काठमाडौँ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनको भरतपुर महानगरपालिकादेखि लुम्बिनीसम्मको कार र्याली सुरु भएको छ । भरतपुरको पर्यटन प्रवद्र्धन गर्न  आज (शनिबार) भरतपुर महानगरपालिकाबाट कार र्याली सुरु भएको हो ।

भरतपुरको पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिन आयोजना गरिएको कार र्यालीको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गरेकी छन् । उनले कार र्यालीमा सहभागीलाई यात्रा सफलताको शुभकामना दिँदै कार र्यालीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताएका छन् । उनले भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विच भगिनी सम्बध कायम गरिको बताएकी छन् ।

र्यालीमा करिब १ सय ५० कारमा जिल्लाका जनप्रतिनिधि,राजनीतिक दलहरु,नागरिक समाज,सरकारी कार्यालयका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,उद्योगी व्यवसायी,पत्रकार लगाएतको सहभागिता रहेको छ । र्‍यालीमा सहभागी हुने कारमा स्टीकर, झण्डा र फ्लेक्स मार्फत भरतपुरको प्रबद्र्धन गरिएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज तथा नारायणी र राप्ती नदिले घेरिएको भरतपुर महानगरपालिका प्राकृतिक,धार्मिक,सांस्कृतिक एवं एतिहासिक सम्पदाले परिपूर्ण छ ।  महानगरका २९ मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान भएका छन् ।

मेघौली, पटिहानी, बिसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर ब्लक, नारायणी नदि बीच तथा चौकी डाँडा महानगरका प्रमुख ७ पर्यटकिय केन्द्र हुन् । संघिय सरकारको १ सय गन्तव्यहरुमा बिसहजारी ताल,पटिहानी तथा बाग्मती प्रदेशको उत्कृष्ट १० पर्यटकीय गन्तव्य भित्र मेघौली सूचिकृत भएको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार