भ्रमण वर्ष लक्षित गरी भरतपुरदेखि लुम्बिनीसम्म कार र्याली हुने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन ९, शुक्रबार  
भ्रमण वर्ष लक्षित गरी भरतपुरदेखि लुम्बिनीसम्म कार र्याली हुने

काठमाडौँ । भ्रमण वर्ष लक्षित गरी चितवनको भरतपुर महानगरपालिकादेखि लुम्बिनीसम्म कार र्याली आयोजना हुने भएको छ ।
भरतपुरको पर्यटन प्रबद्र्धन गर्न फागुन १० गते देखि भरतपुर महानगरपालिकाले कार र्‍यालीको आयोजना गर्न लागेको हो ।

भरतपुर महानगरपालिकाको आयोजनामा हुन लागेको र्याली मार्फत भरतपुका पर्यटकिय गन्तव्यको प्रचार प्रसार गरिने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । ‘आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धनका लागि कार र्यालीको आयोजना गरेका हौं,भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भनिन्,यसले पर्यटकिय विकासमा थप टेवा पुर्याउनेछ । ’

भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका विच भगिनी सम्बध कायम गरिको भन्दै उनले यसले दुई स्थानिय तहविच अनुभव आदानप्रदानमा समेत सहयोग पुर्याउने बताइन् । महानगरपालिकाले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ । र्यालीमा करिब १ सय ५० कारमा जिल्लाका जनप्रतिनिधि,राजनीतिक दलहरु,नागरिक समाज,सरकारी कार्यालयका प्रतिनिधि,संघसंस्थाका प्रतिनिधि,उद्योगी व्यवसायी,पत्रकार लगाएतको सहभागिता रहने छ । र्‍यालीमा सहभागी हुने कारमा स्टीकर, झण्डा र फ्लेक्स मार्फत भरतपुरको प्रबद्र्धन गरिने छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्ज तथा नारायणी र राप्ती नदिले घेरिएको भरतपुर महानगरपालिका प्राकृतिक,धार्मिक,सांस्कृतिक एवं एतिहासिक सम्पदाले परिपूर्ण छ । महानगरका २९ मुख्य पर्यटकीय गन्तव्यहरु पहिचान भएका छन् । मेघौली, पटिहानी, बिसहजारी ताल, देवघाटधाम, ज्ञानेश्वर ब्लक, नारायणी नदि बीच तथा चौकी डाँडा महानगरका प्रमुख ७ पर्यटकिय केन्द्र हुन् ।

संघिय सरकारको १ सय गन्तव्यहरुमा बिसहजारी ताल,पटिहानी तथा बाग्मती प्रदेशको उत्कृष्ट १० पर्यटकीय गन्तव्य भित्र मेघौली सूचिकृत भएको छ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० अन्तर्गत भरतपुर महानगरपालिकाले पर्यटन प्रबद्र्धन गर्न ३२ कृयाकलापको घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार