विपन्न नागरिकलाई शल्यक्रियाजन्य सामग्री निशुल्क उपलब्ध गराउने

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन ९, शुक्रबार  
विपन्न नागरिकलाई शल्यक्रियाजन्य सामग्री निशुल्क उपलब्ध गराउने

काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा नियुक्त भएलगत्तै डा सन्तोष पौडेलले विपन्न नागरिकलाई शल्यक्रियाजन्य सामग्री निशुल्क उपलब्ध गराउने निर्णय गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा पौडेललाई बिहिबार निर्देशकको जिम्मेवारी दिएको हो। मन्त्रालयबाट पत्र बुझेपछि डा पौडेलले हेड र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने शल्यक्रियाजन्य सामग्री तथा औषधि नियशुल्क उपलब्ध गराउने निर्णय गरेका हुन्।

विपन्न नागरिक औषधोपचार कोष अन्तर्गत सेवा प्राप्त गर्ने नेपाली नागरिकलाई हेड इन्जुरी र स्पाइनल इन्जुरीको शल्यक्रियामा आवश्यक पर्ने शल्यक्रियाजन्य सामग्रीहरु तथा औषधिहरुको व्यवस्था ट्रमा सेन्टरको

सामाजिक सेवा एकाई मार्फत निःशुल्क प्रदान गर्ने प्रबन्ध मिलाउने’ निर्णयमा भनिएको छ, ‘सोको सोधभर्ना स्वास्थ्य सेवा विभागबाट प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरियो।’स्वास्थ्यखबरबाट

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार