खानामा अजिनोमोटो को प्रयोग  स्वास्थ्यको लागि कति उचित ?

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन ७, बुधबार  
खानामा अजिनोमोटो को प्रयोग  स्वास्थ्यको लागि कति उचित ?

काठमाडौँ । सामान्य खाजादेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउन अजिनो मोटोका प्रयोग गर्ने गरिन्छ । तर सेतो मसला भनिने अजिनोमोटो स्वास्थ्यको दुष्टिकोणले भने निकै हानिकार रहेको छ ।

हेर्दा टिलिक्क टल्कने यी दानाले खानेकुरालाई स्वादिलो त बनाउँछ नै तर यसमा पाइने मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्त हानिकारक  रहेको छ ।

आज हामी तपाईहरुलाई अजिनोमोटोयुक्त खानेकुरा खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने बारे जानकारी दिन  गइरहेका छौँ । 

१.अजिनाले रगतमा ग्लुटामेट स्तर स्तर बढ्छ, मुख्य अंगको कार्यक्षमता कमजोर बनाउँछ ।

२.आँखाको रेटिनामा नोक्सान पुर्याउँछ, मस्तिष्कको न्यूरोन्समा असर गर्छ ।

३.प्रजनन् क्षमता कमजोर बनाउँछ, गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ ।

४.शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रेसर पनि बढ्छ ।

५.क्यान्सरको जोखिम बढाउछ ।

त्यस्तै अजिनामोटोले अधिक भोजन रोक्ने मस्तिष्कलाई कमजोर बनाउँछ । त्यसैले अजिनामोटो हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो लाग्दैन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार