११ वर्षे लामो बैवाहिक सम्बन्धलाई तोड्दै अभिनेत्री दीयाले दिइन् साहिललाई डिभोर्स

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १७, शुक्रबार  
११ वर्षे लामो बैवाहिक सम्बन्धलाई तोड्दै अभिनेत्री दीयाले दिइन् साहिललाई डिभोर्स

एजेन्सी ।  बलिउड अभिनेत्री दिया मिर्जाले ११ वर्षे लामो बैवाहिक सम्बन्धलाई अन्त्य गर्दै साहिलसँग सम्बन्ध विच्छेद गरेकी छन् । साहिलसँग ११ वर्ष बिताएकी दीयाले आपसी सल्लाह अनुसार साहिलसँग सम्बन्ध विच्छेद गरेको खबर भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

भारतीय फिल्म क्षेत्रमा  निकै प्रख्यात रहेकी दिया मिस एसिया पेसिफिक समेत हुन् । दियाले सामाजिक सञ्जालमार्फत पती साहिलसँग डिभोर्स गरेको जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत ११ वर्ष सँगै रहँदा साहिलसँगको सम्बन्ध निकै राम्रो रहेको र छुट्टीएपनि  एक अर्काके साथी रहने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै पति र उनको परिवारलाई धन्यवाद दिएकी छन् । दियाले लेखेकी छन्, ‘हाम्रो जीवनको बाटो अलग भएको छ तर हाम्रो एकअर्कासँग एकदमै राम्रो थियो यसका लागि हामी सदैव आभारी हुनेछौं ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार