टिपर चालकसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परे पाँच प्रहरी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १७, शुक्रबार  
टिपर चालकसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ परे पाँच प्रहरी

काठमाडौँ । काभ्रेमा टिपर चालकसँगै अबैध रुपमा रकम असुल्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना प्रहरीलाई पक्राउ गरेको छ ।

चारवटा चेकपोस्टमा मासिक २ हजार रकम बुझाउनु पर्ने बाध्यकारी बनाएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा खटेको अख्तियारको टोलीले मण्डनदेउपुर नगरपालिका हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोष्टमा कार्यरत सिपाही हरिप्रसाद बाँनिया र हवल्दार रामहरी मानन्धरलाई २/२ हजार घुस टिपर चालकसँग लिदै गर्दा अक्तियारको टोलिले पक्राउ गरेको हो।

त्यस्तै पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लाम्गाडेलाई  अरनिको राजमार्ग अन्तर्गत केराघारीबाट पक्राउ गरेको हो । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार