इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेन र पर्यटन मन्त्री भट्टराईबीच भेटवार्ता 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार  
इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेन र पर्यटन मन्त्री भट्टराईबीच भेटवार्ता 

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र  इजरायलका आर्थिक मामिलामन्त्री इली कोहेनबीच जेरुसलेममा भेटवार्ता भएको छ ।

मन्त्री कोहेनबीच भएको भेटमा लगानी, व्यापार र पर्यटन प्रवृद्र्धनका साथै नेपालमा इजरायली लगानी अभिवृद्धिबारे छलफल भएको  नेपाली राजदूतावासले जनाएको छ ।

छलफलमा मन्त्री भट्टराईले नेपालको जलविद्युत्, होटल, क्यासिनो र कृषिक्षेत्रमा इजरायली लगानीले प्रचुर प्रतिफल दिने उल्लेख गर्दै चिया, कफी, अलैँची र अन्य मसलाजन्य नेपाली उत्पादनको इजरायलमा बजारीकरण गर्न सकिने बताए ।

मन्त्री भट्टराईले इजरायलका राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको भन्ने खबरले आफू हर्षित भएको बताए । उनले दुवै देशका मन्त्रीले व्यापारिक समुदायको भ्रमण आदान प्रदान गराउन आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरे ।

नेपालले भ्रमण वर्ष २०२० आयोजना गरिरहेको सन्दर्भमा इजरायली मन्त्रीलाई यसै वर्ष नेपाल भ्रमण गर्न मन्त्री भट्टराईले अनुरोध गरे । इजरायली मन्त्रीले पनि नेपाल भ्रमणको निमन्त्रणा सहर्ष स्वीकार गरेको उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार