कोरोना भाइरसबाट नेपाल पुर्ण रुपमा सुरक्षित छ , ढुक्कसँग भ्रमण गर्नुस् 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ फागुन १, बिहीबार  
कोरोना भाइरसबाट नेपाल पुर्ण रुपमा सुरक्षित छ , ढुक्कसँग भ्रमण गर्नुस् 

काठमाडौँ । छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइसर  संक्रमणले नेपाल निकै प्रभाव पारेको छ । 
नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा नेपाल भ्रमणमा नेपाल आउने पर्यटकको सख्या घट्दै गएको छ ।

आधा भन्दा बढी चिनियाँ नागरिक आउने पर्यटकीय गन्तव्य सौराह पूर्ण रुपमा सुरक्षित रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताएका छन् । उनले स्वदेश तथा विदेशमा  नेपाल कोरोना भाइरसबाट पूर्ण रुपमा सुरक्षित रहेको सन्देश दिनुपर्ने बताउँदै कारोनाको संक्रमण सुरु भएदेखि नेपालमा चीनियाँ पर्यटक नआएको उनको भनाइ छ ।

उनले भने, चीनबाट त पर्यटक आउने कुरै भएन तर अन्य स्थानबाट पर्यटक नआउँदा व्यपार व्यवसाय नै धरापमा परेको छ । उनले भने सौराहा क्षेत्रमा पहिले आएका र नेपाल बसोबास गर्दै आएका चिनियाँबाहेकका पर्यटक छैनन् । गत वर्षमा यतिबेला दैनिक ७०० हाराहारी चिनियाँ पर्यटक आउने गर्दथे । यतिबेला चितवनमा फाट्टफुट्ट मात्र चिनियाँ पर्यटक रहेका छन् ।

स्वदेशी, भारतीय र युरोपियन गरी दैनिक २५० देखि ४०० पर्यटकले अहिले सौराहा धानेको  उनले बताए । 
हामी सुरक्षित छौँ भन्ने सन्देश स्वदेश र विदेशमा प्रवाह गर्न सकेमा चिनियाँ पर्यटक कम भए पनि अन्य पर्यटकले धान्न सक्ने सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बताए ।  उनले भने, सौराहा आउने पर्यटकका लागि यो मौसम निकै राम्रो मानिन्छ । वनभित्र बाघ, गैँडाजस्ता जनावरसँगै चराचुरुङ्गी अवलोकनका लागि उपयुक्त समय भएको भन्दै घिमिरेले मौसमका हिसाबले पनि चितवन यतिबेला राम्रो रहेको छ ।

कोरोना भाइरसको त्रासले अन्य मुलुकका पर्यटकले पनि यहाँको अवस्थाका बारेमा बुझेर मात्र आउने गरेका छन् । कतिपयले भ्रमण रद्दसमेत गर्ने गरेका छन् । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सकेमा विदेशी पर्यटकको भ्रमण तालिका रद्द नहुने र सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । 

सौराहका सबै होटलमा उच्च सतर्कता अपनाइएको र कुनै कोरोना भाइरसको लक्ष्यण देखापरेमा तत्काल यहाँको सरकारी भरतपुर अस्पतालसँग समन्वय गरेर उपचार गर्ने व्यवस्थासमेत गरिएको घिमिरेले जानकारी दिए । सौराहा क्षेत्रमा ६ हजार पर्यटक धान्न सक्ने ११५ होटल रहेका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार