सन्ध्याकालीन सयमा यति सुन्दर देखियो अम्रेला स्ट्रीट (तस्वीर सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ २५, शनिबार  
सन्ध्याकालीन सयमा यति सुन्दर देखियो अम्रेला स्ट्रीट (तस्वीर सहित)

काठमाडौँ । पर्यटन प्रबर्धनका लागि नेपालकै नबीनतम योजनाको रुपमा भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित पटिहानी घट्गाईमा अम्रेला स्ट्रीट निर्माण गरिएको छ ।

पटिहानी घट्गाईमा निर्माण गरिएको अम्रेला स्ट्रीटको फाल्गुन १ गते पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम  रहेको छ ।

फेस्टिवलको अवसरमा जंगल भिल्ला रिसोर्टदेखि अम्रेला स्ट्रीटसम्म ५ हजार मिटर दौड प्रतियोगिता, उद्योग बाणिज्य संघ चितवन देखि अम्रेला स्ट्रीटसम्म साईकल रेस, डुङ्गा शयर, गाडा सयर, हात्ती र जिप सफारी गरिने 

फेस्टिवलका प्रचार प्रसार संयोजक रामहरी सेडाईले जानकारी दिए । साथै, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति र लाईभ कन्सर्ट पनि हुनेछ ।

फूड फेस्टिवलको अवसरमा पर्यटन प्रवर्द्धनका लागि अन्तर्क्रिया पनि गरिने छ । स्थानीय तथा बाह्य खानाको परिकार प्रदर्शनी फूड फेस्टिवलमा गरिनेछ ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार