विश्वकै अग्लो स्थानमा रहेको तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुदैँ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ २४, शुक्रबार  
विश्वकै अग्लो स्थानमा रहेको तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुदैँ

काठमाडौं । विश्वकै अग्लो स्थानमा रहेको गोक्यो तालमा आइस हक्की र आइस स्केटिङ प्रतियोगिता हुने भएको छ । सोलुखुम्बु जिल्लाको सगरमाथा क्षेत्रमा अवस्थित ४ हजार ७ सय ९० मिटर उचाइमा रहेको गोक्यो तालमा फागुन २ गतेदेखि उक्त प्रतियोगिता हुन लागेको हो ।
‘नेपाल भ्रमण वर्ष २०२० मा पर्यटन प्रवद्र्धनका लागि नयाँ खेलले पर्यटनको विकास गर्ने लक्ष्यका साथ गोक्यो तालमा आइस स्केटिङ र हक्की प्रतियोगिता गर्न लागेको भ्रमण वर्षका संयोजक सुरज बैद्यले बताएका छन् ।

अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित रहेको तालमा  पानी जमेर आइस बनेकाले आइस हक्की र आइस स्टेकिङका लागि उपयुक्त  रहेको छ । यस खेलमार्फत अन्तर्रा्ष्ट्रय क्षेत्रमा परिचित गराउने लक्ष्य रहेको छ ।   सगरमाथाको काखमा रहेको गोक्योबाट विभिन्न हिमताल र हिमाली दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतियोगिता लागी अमेरिकी विशेषज्ञहरुले गोक्यो क्षेत्रको स्थलगत अध्ययन गरी खेलका लागि उपयुक्त भएको निष्कर्ष निकाली सकेको छ । यो कार्यक्रमको लागि ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल(टान) ले सहकार्य गरेको छ । 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर