अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ महायज्ञ आजबाट सुरु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १९, आइतबार  
अन्तराष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ महायज्ञ आजबाट सुरु

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आजदेखि महायज्ञ सुरु भएको छ ।

रंगशाला निर्माणको विश्वव्यापी सहयोगार्थ अभियानअन्तर्गत भरतपुरमा आज (आइतबार) देखि धान्यानचल महामयज्ञ सुरु गरिएको हो । हजारौँ मानिसको उपस्थितीमा झाँकी , र्यालीसहितको तामाझामसँगै महायज्ञ उद्घाटन गरिएको छ ।

माघ २६ गतेसम्म चल्ने महायज्ञको कलाकार तथा राष्ट्रिय खेलाडीबाट हुनेछ । महोत्सवबाट ५० करोड रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ ।

करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार