के हो विश्वभर आतंक फैलिएको कोरोना भाइरस ? यसो भन्छन्, डा. अधिकारी (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १३, साेमबार  
के हो विश्वभर आतंक फैलिएको कोरोना भाइरस ? यसो भन्छन्, डा. अधिकारी (भिडियो सहित)

काठमाडौँ । केही दिनदेखि  व्यापक चर्चामा आएको कोरोना भाइरसले विश्वभर नै आतंक फैलाएको छ ।

१४ दिनदेखि फैलिएको सोही भाइरसल चीनमा ८० जनाको ज्यान लिइसकेको छ भने २७ सय भन्दा बढी यसबाट संक्रमित रहेका छन् । कोरोना भाइरसको आतंकले गर्दा विश्व स्वास्थ्य संगठनले यो अवस्था चीनको लागि आपतकालीन स्थिति भनेको छ ।

चीनको बुहानबाट सुरु भएको कोरोना भाइसर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ ।अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै विमानस्थलमा सावधानी अपनाउन थालिएको छ ।

के हो त कोरोना भाइरस ?

यो जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो  । यसअघि ६ प्रकारको भाइरस मात्र मान्छेमा संक्रमण हुन्छ भनिन्थ्यो तर अहिले भने त्यसभन्दा फरक नयाँ प्रकारको कोरोना भाइरस फैलिएको हो । यसले मान्छेमा संक्रमण गर्ने क्षमता अरु कोरोना भाइरस भन्दा तिब्र छ । यसलाई निकै भयानक रहेको बताइएको छ ।

कोरोना भाइरसको आतंकलाई लिएर के भन्छन् त डा. भोजराज अधिकारी भिडियोमा ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार