टिपरको ठक्करबाट प्रेमीकाको मृत्यु भएपछि प्रेमीले लेखे सबैलाई रुवाउने स्टाटस्

‘रातो साडीमा तेरो सिउँदो रंगाउने सपना छ, म पनि छिट्टै आउँछु’

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १०, शुक्रबार  
टिपरको ठक्करबाट प्रेमीकाको मृत्यु भएपछि प्रेमीले लेखे सबैलाई रुवाउने स्टाटस्

काठमाडौँ  । बैतडीको दशरथचन्द नगरपालिका– १ गुरूखोला स्थायी घर भई कञ्चनपुरको महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको यही माघ १३ गते बैतडीकै प्रकाश टेरसँग विवाह हुँदै थियो । प्रकाश नेपाली सेनामा कार्यरत छन् । रमिता महेन्द्रनगरस्थित डेरामा बस्थिन् ।

ब्राह्मण परिवारकी छोरी रमितालाई क्षेत्री परिवारका प्रकाशले एक वर्षअघि नै भगाएका थिए। यद्यपि उनीहरूको विवाह भने भएको थिएन । विहेका लागि यही माघ १३ गतेको साइत जुरेको थियो । आफ्ना साथीभाइलाई कार्ड बाँड्नका लागि बजारमा साइकलमा हिँडिरहेका बेला बिहीवार महेन्द्रनगर बजारमा टिप्परले ठक्कर दियो । रमिताको घटनास्थलमै मृत्यु भयो ।

आफ्नो जिन्दगीको नयाँ अध्याय शुरू गर्न नपाउँदै रमिताले संसार छाडिन् । आफैंले बाँडेका कार्डका निम्तालुलाई विवाह समारोहमा सहभागी हुने अवसर दिन पनि पाइनन् ।

यस्तो छ प्रकाशले लेखेको फेसबुक स्टाटस्

तेरो लागि रातो साडी पनि किनेको छु नि बुढी हाम्रो पर्सी बिहे हो । कहाँ छस् छिटो आइज न प्लीज । एक चिम्टी सिन्दुरका लागि तैंले आफ्ना आफन्त सबैलाई छाडेर मलाई साथ दिइस्, मसँग आइस्, तर अहिले मलाई बीच बाटोमा छाडेर किन गइस् ? अब यति लामो जीवनको बाटो म एक्लै कसरी हिँड्नु ? कति सपनाहरु थिए किन धोका दिइस् ? तँलाई मैले पहिले नै भनेको थिएँ, तँलाई केही हुनु पहिला नै म रहन्न भनेर । मलाई एक्लै किन छाडेर गइस् ? म एक्लै के गरुँ ? छिटो आइज न विवाह गरुँ ।

मैले ल्याइदिएको यो साडीमा तेरो सिउँदोमा सिन्दूर लगाइदिने सपना छ मेरो । म पनि छिट्टै आउँछु तँसंग बूढी । मलाई नभुलेस् है, मलाई पर्खेर बसेस् । म पनि छिट्टै आउँछु तँसँगै चखेवाको जोडी जस्तै थियो हाम्रो माया, अब एक गएपछि अर्को आफै आउँछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार