प्रहरीमा बढुवा गर्न गृहमन्त्री थापाको निर्देशन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १०, शुक्रबार  
प्रहरीमा बढुवा गर्न गृहमन्त्री थापाको निर्देशन

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरीमा रोकिएको बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । 

गृहमन्त्री रामबहादुर थापाले प्रहरीमा रोकिएको बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरी मुख्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो ।

गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकास पाउने दिन नजिकै आउनै लाग्दा प्रहरीमा बढुवा प्रक्रिया अघि बढाउने तयारी भएको हो ।

हाल गृहसचिव राई थाइल्याण्ड भ्रमणबाट फर्के लगत्तै बढुवा प्रकृयाले गति लिन थालेको छ । 
डिआईजीको एक पद रिक्त भएपछि त्यसमा बढुवाको लागी एसएसपीहरु दौडमा छन् ।

सिनियर ब्याचबाट घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वर बाबु कार्की, दिलिप कुमार चौधरी र राजेश लाल कर्ण छन् ।

त्यस्तै जुनियर ब्याचबाट धिरज प्रताप सिंह, उत्तम सुवेदी, बसन्त लामा, दिवेश लोहनी, शौरभ राणा, रबिन्द्र धानुक लगायत प्रतिस्पर्धामा छन् ।

जुनियर ब्याचका विश्वराज पोखरेल डिआईजीमा बढुवा भइसकेका छन् । आगामी माघ २९ बाट २१ डिआईजीको पद रिक्त हुनेछ ।

हाल १० एसएसपी र १७ जना एसपीको दरबन्दी खाली छ । बढुवाका लागी प्रहरी निरीक्षक,डीएसपी, एसपी र एसएसपी दौडधुपमा छन्।
 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार