टिवानको निर्वाचन सम्पन्न, अध्यक्षमा शर्मा विजयी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १०, शुक्रबार  
टिवानको निर्वाचन सम्पन्न, अध्यक्षमा शर्मा विजयी

काठमाडौँ । टुरिष्ट बस एसोसियन अफ नेपाल (टिवान) को आसन्न निर्वाचन सम्पन्न भएको छ । माघ १० काठमाडौँमा सर्वसहमतमा भएको निर्वाचनमा अध्यक्ष पदमा ईश्वर शर्मा विजयी भएका छन् । अध्यक्ष शर्मासहित टिवानमा सात कार्यसमिति रहेको छ ।

जसमा प्रथम उपाध्यक्ष ढकनाथ काफ्ले, द्धितिय उपाध्यक्ष सुशिल दाहाल, महासचिव दिपेन्द्र अधिकारी, कोषाध्यक्ष सुजन आचार्य, सदस्य चिरिञ्जनी रेग्मी, असोक अर्याल रहेका छन् । 

निर्वाचित अध्यक्ष शर्मले टुरिष्ट बस ट्रमिनललाई पुर्ण रुप दिने र सातै प्रदेशमा टुरिष्ट बसलाई पुर्याउने लक्ष्य लिएको बताएका छन् ।

उनले अन्तराष्ट्रिय बजारमा टिवानको पहिचान र सरकारले तय गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार