अग्नि सापकोटामाथि कुनै मुद्दा नभएको अध्यक्ष दाहालको दाबी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ १०, शुक्रबार  
अग्नि सापकोटामाथि  कुनै मुद्दा नभएको अध्यक्ष दाहालको दाबी

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको दाबी गरेका छन् ।

शुक्रबार पत्रकार भेटघाटका क्रममा बोल्दै उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार गलत भएको बताएका हुन्।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।’

सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै उनले थपे, ‘उनको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।’

दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए। प्रहरी प्रमुख को आउँछन् भन्ने कुरा सरकारले नै भन्ने उनले बताए। 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार