कोरोना भाइरसको संक्रमण बढेपछि चीनको वुहानमा यातायात र उडान सेवा बन्द

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ ९, बिहीबार  
कोरोना भाइरसको संक्रमण बढेपछि चीनको वुहानमा यातायात र उडान सेवा बन्द

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढेपछि चिनको वुहान सहरका सार्वजनिक यातायात तथा उडान सेवा बन्द गर्ने निर्णय गरेको छ ।

चीनको वुहानबाट फैलिएको संक्रमणले पाँच सयभन्दा बढी मानिस प्रभावित भइसकेका छन् भने कोरोना भाइरसकै कारण कयौँले ज्यान गुमाइसकेका छन् ।

वुहान सहरका दशौँ लाख बासिन्दालाई जरुरी काम नभइ शहर नछोड्न चिनियाँ अधिकारीहरूले निर्देशन दिएका छन् । कोरोनाभाइरसको सङ्क्रमणका कारण अहिलेसम्म १७ जनाको ज्यान गएको बताइएको छ । 

कोरोनाभाइरसले उत्पन्न गरेको चिन्ताबीच त्यो समस्यासँग जुझ्न विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा डब्लूएचओले आज दोस्रो बैठकको आयोजना गरेको छ।

उक्त भाइसरबाट सङ्क्रमितहरू चीन र छिमेकी देशका साथै अमेरिकामा पनि भेटिइसकेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार