निलकण्ठ नगरपालिमा गोरु जुधाई कार्यक्रम सम्पन्न

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ ३, शुक्रबार  
निलकण्ठ नगरपालिमा गोरु जुधाई कार्यक्रम सम्पन्न

नुवाकोटको सिमाना जोडिएको धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाकोटमा माघेसंक्रान्तीको उपलक्ष्यमा संस्कृति संरक्षण तथा पर्यटन प्रबर्द्धन केन्द्र धुवाकोटको आयोजना तथा भँगेरी युवा क्लवको सह आयोजनामा बृहत कृषि मेला तथा गोरु जुधाई कार्यक्रम सम्पन्न भएको छ।

सोह्र हल गोरु जुधाईएको उक्त कार्यक्रमको प्रमुख अतिथि वाग्मती प्रदेशसभा सदस्य डाक्टर रामकुमार अधिकारी हुनुहुन्थ्यो भने बिशेश अतिथिहरु रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्ष सन्तोष न्यौपाने, निनपाका उपमेयर मनराज भण्डारी हुनुहुन्थ्यो।

चारहजार दर्शकको उपस्थितिमा भएको उक्त कार्यक्रम हालसम्मको उत्कृष्ट रहेको धुवाकोटका समाजसेवी नेत्रप्रसाद नेपालले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार