गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न धनधान्याचल ज्ञान महायज्ञ हुँदै

लाल्टिन खबर ,
प्रकाशित: २०७६ माघ २, बिहीबार  
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न धनधान्याचल ज्ञान महायज्ञ हुँदै

रामपुरमा धुर्मस–सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बृहत धनधान्याचल ज्ञान महायज्ञ हुने भएको छ ।

महायज्ञ आयोजनाका लागि प्रदेश सभा सांसद विजय सुवेदीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्सीय मुल आयोजक समिति तयार गरिएको छ । 

रंगशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समितिको घोषणा गर्नुभएको हो । उक्त कार्यक्रममा ‘निर्माण जुन गतीमा अगाडि बढेको छ त्यो गतीमा सहयोग रकम उठेन, त्यही भएर महायज्ञ आयोजना गरी रकम संकलन गर्नको लागि समिति नै खडा गरेर लागि परेका छौ ।’ दाहालले भन्नु भयो।

समितिमा जिल्लाका सबै जनप्रतिनिधि, राजनीतिक दल, उद्योगी व्यवसायी, खेलाडी, संघसंस्था लगाएतका सबै सरोकारवालाई समावेश गरिएको छ ।

समितिको सह–संयोजकमा प्रदेश सभा सदस्य मिलनबाबु श्रेष्ठ रहनुभएको छ । उपसंयोजकमा चितवनका ७ पालिका र गैंडाकोट नगरापलिका प्रमुख, भरतपुर महानगरपालिका उपप्रमुख, जिल्ला समन्वय समिति उपप्रमुख, राजु श्रेष्ठ, भेषराज दुवाडी, दिर्घमान श्रेष्ठ, राजन गौतम, वेल बहादुर गुरुङ र दिनेश राठी रहनुभएको छ । समितिको महासचिवमा दिनेशकुमार चुके, उपमहासचिवमा राजु पौडेल, चुननारायण श्रेष्ठ, आरसी अधिकारी, रामबाबु ढकाल र कोषाध्यक्षमा शंकर कंडेल रहनुभएको छ ।

आगामी माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थलमा महायज्ञ हुने संयोजक विजय सुवेदीले जानकारी दनुभयो । उहाँका अनुसार महायज्ञ उद्घाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहने छ ।

धनधान्यान्चल महोत्सवको प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहनुभएको छ भने महोत्सवबाट ५० करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार