यस्तो बन्यो पर्यटकीय गन्तव्य गोरखा चिनाउने पहिलो गीत (भिडियो सहित)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस २८, साेमबार  
यस्तो बन्यो पर्यटकीय गन्तव्य गोरखा चिनाउने पहिलो गीत (भिडियो सहित)

काठमाडौँ । गोरखालाई पर्यटकीय गन्तव्यको रुपमा पवद्र्धन गर्ने उदेश्यको साथ गोरखा नगरपालिकाले पहिलो सांगीतक कोसेली ‘हाम्रो सुन्दर गोरखा नगरी’ सार्वजनिक गरेको छ ।

पूर्व प्रहरी उपरिक्षक डा.राजुबावु श्रेष्ठको शब्द्ध संकलनमा रहेको उक्त गीतलाई वरिष्ठ गायक मनोजराज सिवाकोटी र मिना निरौलाको आवाज भरेका छन् । गोरखा जिल्लाको  अधिकांश पर्यटकीय स्थललाई समेटेर  रचना गरिएको उक्त गीतलाई सुनिल मास्केले संगीत भरेका हुन ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उदेश्यको साथ निर्माण भएको  गीतमा ओझेलमा परेका  गोरखाका विभिन्न ऐतिहासिक सम्पदाहरुलाई समेत समेटिएको छ । युवराज वाईबाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा गोरखाको रमणीय दृष्यलाई समेटेर तयार गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर