सत्तापक्ष र प्रतिपक्ष दलले संयुक्त प्रस्ताव दर्ता गरेपछि राजधानी हेटौंडा र नाम बाग्मती पक्का

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस २६, शनिबार  
सत्तापक्ष र प्रतिपक्ष दलले संयुक्त प्रस्ताव दर्ता गरेपछि राजधानी हेटौंडा र नाम बाग्मती पक्का

प्रदेश ३ को राजधानी हेटौंडा र नाम वागमती राख्न सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरुले संयुक्त प्रस्ताव दर्ता गरेका छन् ।

शनिबार प्रदेश सभा सचिवालयमा सत्तारुढ नेकपासहित प्रतिपक्षी दलहरु कांग्रेस, राप्रपा, राप्रपा संयुक्तलगायतका दलले संयुक्त प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेलको यो प्रस्तावमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङले समर्थन गरेका छन् ।

दुई जना सांसद रहेको नेमकिपा भने यसमा मौन छ । विवेकशील पार्टीले भने प्रदेशको नाम वागमतीमा सहमत हुँदै राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव शनिबारै दर्ता गराएको छ ।

प्रदेशको नाम र राजधानीबारे शनिबार दिउँसो एक बजेदेखि छलफल भएको छ । आइतबार भने मतदान हुने छ । प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील नेपालीका ३, नेपाल मजदूर किसान पार्टीका २, राप्रपाका १, राप्रपा संयुक्तका १ र नयाँ शक्तिका १ गरी ११० सदस्य छन् । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार