बर्दियामा खुल्यो बबई रिसोर्ट, जंगल सफारीदेखि र्‍याफ्टिङसम्मका प्याकेज

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस २६, शनिबार  
बर्दियामा खुल्यो बबई रिसोर्ट, जंगल सफारीदेखि र्‍याफ्टिङसम्मका प्याकेज

नेपाल भ्रमण वर्षको अवसरमा बर्दियामा अत्याधुनिक रिसोर्ट संचालनमा आएको छ । बर्दिया राष्ट्रिय निकुन्ज र यस आसपासमा आउने पर्यटकको सुविधालाई लक्षित गर्दै बर्दियाको ठाकुरबाबा नगरपालिका, ९ ठाकुरद्वारामा बबई रिसोर्ट सञ्चालनमा आएको हो।

जंगल सफारी, वर्ड वाचिङ, बबई नदी र कर्णालीमा र्‍याफ्टिङ, डल्फिन वाचिङजस्ता प्याकेज उपलब्ध हुने रिसोर्टका प्रबन्धक धर्मराज घिमिरले जानकारी दिए । उनका अनुसार रिसोर्टमा २५ करोड लगानी रहेको छ ।

कूल ४० ओटा कोठा रहेको रिसोर्टमा एकै पटकमा १ सय ५ जनासम्म पाहुना बस्न सक्छन् । नयाँ रिसोर्टले भ्रमण वर्षमा बर्दिया आउने पर्यटकहरुलाई आकर्षित गर्न सहयोग पुग्ने प्रबन्धक घिमिरले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार