भ्रष्टचारीहरु आफ्नै लाजको कारण आत्माहत्या गर्दैछन् : नेता भण्डारी

लाल्टिन खबर ,
प्रकाशित: २०७६ साउन १३, साेमबार  
भ्रष्टचारीहरु आफ्नै लाजको कारण आत्माहत्या गर्दैछन् : नेता  भण्डारी

काठमाडौँ । भष्टचारको अभियोग लागेका दुई कर्मचारीले  आत्माहत्या गरेको विषयलाई जोड्दै नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले अब भ्रष्ट नेताले पनि आत्माहत्या गनुपर्ने अवस्था आएको बताएका छन् ।

सरकारका सबै पखेटाहरुमा खिया लागेको टिप्पणी गर्ने नेता भण्डारीले काम गर्न खोज्ने प्रधानमन्त्रीको आसेपासे नेता खराब रहेको उल्लेख गरे । प्रधानमन्त्रीले चुनावको बेलाजनतालाई देखाएको राष्ट्रबारेका सपना अधुरै रहेकाले ओली सरकारले कुनै काम नगरेर कांग्रेसलाई फाइदा भएको दाबी गरेका छन् ।

उनले भने,‘ओलीले राष्ट्रियताको बारेमा जुन चेक दिनुभएको छ । त्यो पाँच वर्षमा बाउन्स हुन्छ , अनि जनताले ओलीलाई कारबाही गर्ने छन् ।’ धेरै बोल्ने काम नगर्ने ओलीको कारण अर्को पटक कांग्रेसले चुनाव जित्ने पक्का रहेको उनले  जिकीर गरे ।

कांग्रेस नेता भ्रष्टचारको आरोप लागेपछि जेल परे तर नेकपाले खुलमखुला भ्रष्टाचारलाई लुकाएको भन्दै नेता भण्डारीले वाइडबडी, ललितानिवास, बुढीगण्डकी लगायतका काण्डका दोषिलाई कारबाही गर्नैपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार