वीपी राजमार्गमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस २४, बिहीबार  
वीपी राजमार्गमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका अन्तरगत वीपी राजमार्ग अन्तर्गत सेल्फिडाँडामा बिहीबार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको बा२क ५ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट अन्दाजी २५० फिट तल खस्दा टिफरमा सवार दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मुत्यु हुनेमा मकवानपुर जिल्ला टिस्टुङ पालुङ बस्ने अन्दाजी वर्ष २३ को चालक अस्बिन विष्ट र ललितपुर जिल्ला चुनीखेल बस्ने अन्दाजी वर्ष २२ को विशाल खड्का रहेका छन् । खड्का सडक विभाग वोल्ड वाईल्ड कन्ट्रक्सन प्रालि काठमाडौंको सुपर भाइजर रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार

ताजा खबर