सडक डिभिजन प्रमुख र इन्जिनियर घुससहित पक्राउ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस १८, शुक्रबार  
सडक डिभिजन प्रमुख र इन्जिनियर घुससहित पक्राउ

सडक डिभिजन कार्यालय लहान सिरहाका प्रमुख, इन्जिनियर र सबइन्जिनियर घुससहित पक्राउ परेका छन् ।

उनीहरुलाई कार्यालयबाट साँझ ६:३० बजे प्रहरीले पक्राउ गरेको हो । कार्यालय प्रमुख विनोद साहलाई ३ लाख, इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।

उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माण कामका लागि कमिशन स्वरुप रकम माग गरेको बुझिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दिवासका प्रमुख नारायण प्रसाद सापकोटाले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार