राशीफल हेरेर थाहा पाउनुहोस् कसरी बित्छ आज तपाईको दिन

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस १७, बिहीबार  
राशीफल हेरेर थाहा पाउनुहोस् कसरी बित्छ आज तपाईको दिन

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अरूको फाईदाका काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।  आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। आजका लागि शुभ अंक १ र शुभ रंग सुन्तला।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचे जति फाइदा नहुन सक्छ। लगानीमा लागत बढ्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो अधिकारमाथि अरूले दाबी गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। आजका लागि शुभ अंक र शुभ रंग रातो।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। गरेको कामबाट राम्रो प्रर्तिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। तपाईंलाई आजको दिन आफ्नो वैवाहिक जीवनको सबैभन्दा राम्रो दिन अनुभव हुनेछ। आजका लागि शुभ अंक ७ र शुभ रंग सेतो।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मिहिनेत गरे अनुसार भाग्यले साथ दिने हुँदा काममा सफलता मिल्नेछ। चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले मन प्रसन्न हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ। दाम, नाम र इनाम प्राप्त हुनेछ । आजका लागि शुभ अंक १ र शुभ रंग सुन्तला ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउन सक्छ। आजका लागि शुभ अंक ९ र शुभ रंग रातो।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। व्यापार बढ्नाले आम्दानी पनि राम्रै हुनेछ। रमाइलो यात्राको समेत मौका छ आजका लागि शुभ अंक ७ र शुभ रंग क्रिम।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारमा लाभ हुने छ। नयाँ कामको थालनी हुनेछ। आजका लागि शुभ अंक १ र शुभ रंग सुन्तला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित काम गर्ने समय छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा राम्रो प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। आजका लागि शुभ अंक २ र शुभ रंग सेतो।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आजका लागि शुभ अंक ८ र शुभ रंग निलो।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ कामको सुरुवात बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनग्गे धनलाभ हुनेछ। आजका लागि शुभ अंक ८ र शुभ रंग कालो।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ भने विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। मनग्य धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ। दिन रमाइलो र उत्साहपूर्ण रहनेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। मानसम्मान प्राप्त हुनुका साथै सम्मानित कामको यश लिने अवसर छ। आजका लागि शुभ अंक ६ र शुभ रंग गुलावी।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

नयाँ कामको सुरुवात हुनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्दै जीवनशैलीमा परिवर्तन ल्याउने छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। कीर्तिमानी कामको यश लिने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। आजका लागि शुभ अंक ४ र शुभ रंग खैरो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार