नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोह (फोटोफिचर)

लाल्टिन खबर ,
प्रकाशित: २०७६ पुस १६, बुधबार  
नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोह (फोटोफिचर)

नेपाल भ्रमण वर्ष २०२० को राजधानीस्थित दशरथ रंगशालामा बुधवार साँझ भव्य समारोहबीच उद्घाटन भएको छ ।

शुभारम्भ समारोहलाई सम्बोधन गर्दै नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित लिएको चुनौतीलाई सबै मिलेर पुरा गर्नुपर्ने बताएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विविधतायुक्त संस्कृति र प्रकृतिका अनुपम सम्पदाहरूको अनुभव संगाल्न नेपाल आउन पर्यटकहरूलाई निम्तो गरेका छन् । साथै उनले नेपाल संसारकै उत्कृष्ट गन्तव्य भएको दाबी गरे ।

त्यस्तै भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा बुधवार दशरथ रंगशालामा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आजबाट शुरू भएको भ्रमण वर्षलाई सफल बनाउन सबै एकजुट हुनुपर्ने बताएकी छन् ।

सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्ष २०२० सबैको सहयोग र सहभागितामा महाअभियानकै रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेकी हुन्।

हेर्नुहोस् तस्वीरमा - नेपाल भ्रमण वर्ष २०२० उद्घाटन समारोह

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार