संघीय सरकारले शिक्षा र स्वाथ्य क्षेत्रलाई सम्हाल्न सकेन : मुख्यमन्त्री गुरुङ 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २६, बिहीबार  
संघीय सरकारले शिक्षा र स्वाथ्य क्षेत्रलाई सम्हाल्न सकेन : मुख्यमन्त्री गुरुङ 

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय सरकारले शिक्षा र स्वाथ्य क्षेत्रलाई सम्हाल्नै  नसकेको बताएका छन् ।  राज्यको दायित्वभित्र रहेको शिक्षा, स्वास्थ्य जस्तो आधारभूत कुरालाई पनि हामीले निजी प्राइभेटतिर धकेलेर भद्रगोल बनाएको  उनको भनाइ छ । 

सरकारले नै लगानी गर्नुपर्ने शिक्षा, स्वास्थजस्तो क्षेत्र नै निजीकरण गर्नु दुर्भाग्य भएको बताउँदै उनले शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा सरकारले लगानी गर्नै पर्ने चुनौती अहिले रहेको बताए । उनले भने, ‘राज्यको नीति बनाउनुपर्ने मन्त्रीहरु नै निजी अस्पतालको प्रोपाइटर बनिराखेका छन्, यो मुलुकमा ।’ 

निजी क्षेत्रले त ठूला औद्योगिक क्षेत्र चलाउ उत्पादन र सो क्षेत्रको विकास गर भन्नु पर्ने होला नी । 
निजी क्षेत्रबाट भएका लगानीलाई सरकारले सुरक्षित गर्ने र निजी क्षेत्रलाई औद्योगिक क्षेत्रतर्फ प्रोत्साहन गर्नुपर्ने मुख्यमन्त्री गुरुङले बताएका छन् ।

यद्यपी यो विषयलाई गम्भिरताको साथ लिएर  पोलिसी नबढाए स्वास्थ्य र शिक्षा जस्तो क्षेत्रमा असमानता रहिरहने मुख्यमन्त्री गुरुङले भने । शिक्षा क्षेत्रमा समानता ल्याउनको लागि धनि र गरिबका छोराछोरीले एउटै अवस्थामा पढ्न पाउने अवस्था सिर्जना नभएसम्म शिक्षामा परिवर्तन ल्याउन असम्भव जस्तै रहेको बताए ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार