शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पुरा हुँदैन् : अध्यक्ष दाहाल 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २२, आइतबार  
शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पुरा हुँदैन् : अध्यक्ष दाहाल 

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा सुधार नगरेसम्म समृद्धि र विकासको सपना पुरा नहुने बताएका छन् ।

आइतबार काठमाडौंको दहचोकमा श्रीकृष्ण माविको बिद्यालय भवन उद्घाटन गर्दै निजी क्षेत्रलाई निषेध गर्न खोजेर, राज्यले दमन गरेर नियन्त्रण गर्ने नसकिने भएकाले सामुदायिक विद्यालयहरुलाई राम्रो गर्न सके स्वत शिक्षाको क्षेत्रमा उन्नति हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको जानकारी दिए ।

उनले आफ्नो पार्टीले चुनावमा शिक्षामा गुणात्मक सुधार राख्ने दृढता जनतासमक्ष राखेको उल्लेख गर्दै त्यसलाई पुरा गर्न सरकारले कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षाको सुधारका लागि छुट्याउनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार