कोहलपुरमा रोकिएन तनाव ३ बजेदेखि कफ्र्यु 

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २२, आइतबार  
कोहलपुरमा रोकिएन तनाव ३ बजेदेखि कफ्र्यु 

काठमाडौँ । ट्रकको ठक्करबाट बाँकेको कोहलपुरमा एक बालिका गम्भिर घाइते भएपछि  बाँकेमा ३ बजेदेखि कफ्र्यु लागेको छ ।

कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागू हुने गरेर कफ्र्यु लगाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख उपरिक्षक वीरबहादुर वलीले बताए ।

कोहलपुरको सुरक्षा व्यवस्थालाई ख्याल गर्दै कफ्र्यु लगाइएको प्रहरी प्रमुख उपरिक्षक  वलीले बताए । कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रदर्शन चर्किएको थियो। विद्यार्थीहरूले ठक्कर दिने ट्रकसमेत  जलाएका छन्।

प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबिच झडप पनि भएको छ। प्रहरीको हवाई फायरले भीड नियन्त्रण नभएपछि कफ्र्यु जारी गरिएको बताए । झडपका क्रममा २५ जना विद्यार्थी र प्रहरी घाइते भएको बताइएको छ।


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार