१३औँ साग महिला क्रिकेट : बंगलादेशलाई स्वर्ण

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २२, आइतबार  
१३औँ साग महिला क्रिकेट : बंगलादेशलाई स्वर्ण

काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गर महिला क्रिकेटमा बंगलादेशले स्वर्ण पदक जितेको छ । आइतबार पोखरामा भएको खेलमा बंगलादेशले श्रंलकालाई २ रनले पछि पार्दै स्वर्ण पदक हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन जोड्यो । बंगलादेशका लागि विकेट किपर निगर सुल्तनाले २९ रन जोडिन्। यस्तै, फहिमा खातुन र सन्जिदा स्लामले समान १५/१५ रनको योगदान गरे।

श्रीलंकाका लागि उमेश तिमल्सिनाले बंगलादेशको ४ विकेट लिइन् । सत्या सन्दिपनी र तारिका सेवान्दीले १-२ विकेट हात पारेकी थिइन् । ९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्स वमन बंगलादेशको बलरसामु खुलेर खेल्न सकेनन्।  क्याप्टेन हर्सिता माधवी र लिहिनी अप्सराले क्रमस ३२ /२५ रन बनाउन बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन्।

श्रीलंकाको पक्षमा रहेको खेल बंगलादेशका बलरले उल्टयाए। श्रीलंकालाई १२ बलमा ११ रन आवश्यक परेको बेला साथमा ३ विकेट थियो।तर लगातार विकेट गुमाउन पुग्दा ८ रन मात्रै जोड्न सक्यो। यससँगै बंगलादेशले २ रनको रोमाञ्‍चक जित हात पार्‍यो।

श्रीलंकालाई सस्तैमा रोक्न नहिदा अक्तरले २ विकेट लिइन्। उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै ९ रन मात्रै खर्चिन्। त्यस्तै, जहानारा आलम, सल्मा खातुन र खादिजा तुल कुब्राले १/१ विकेट लिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार