अन्य प्रदेश भन्दा गण्डकी प्रदेश  पूर्वाधार विकासमा अगाडी छ : मुख्यमन्त्री गुरुङ

लाल्टिन खबर ,
प्रकाशित: २०७६ मङ्सिर २२, आइतबार  
अन्य प्रदेश भन्दा गण्डकी प्रदेश  पूर्वाधार विकासमा अगाडी छ : मुख्यमन्त्री गुरुङ

काठमाडौँ  । सरकार भ्रमण वर्ष २०२० को अन्तिम चरणमा रहेको बेला अन्य प्रदेशमा भन्दा गण्डकी प्रदेशमा पूर्वाधार विकासमा निकै अगाडी रहेको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन् ।

गण्डकी प्रदेश एउटा पर्यटकीय राजधानीसमेत भएको पर्यटकको सख्या अन्य प्रदेशमा भन्दा गण्डकी प्रदेशमा बढी नै हुनेमा आफुहरु विश्वस्त रहेको मन्त्री गुरुङको  भनाइ छ ।  सबैभन्दा धेरै व्यापार गर्ने धार्मिकस्थल मुक्तिनाथ धाम, मनकामना, विन्ध्यवासिनी, कालिका भगवतीलगायत धेरै धार्मिक स्थलहरु गण्डकी प्रदेशमा नै रहेका छन् ।

संसारकै अग्ला ताल, अग्लो भञ्ज्याङ, गहिरो गल्छी , साहित्य, कला संस्कृति र सभ्यताको हिसाबले गण्डकी प्रदेश सबैभन्दा अघि  रहेकाले भ्रमण वर्ष मनाउने क्रममा गण्डकी प्रदेशमा  कुनै समस्या नहुने उनको जिकिर रहेको छ । भर्खरै अन्नपूर्ण पदमार्ग सुरक्षित रहेको भन्ने सन्देश पर्यटकहरुलाई दिनको लागि माछापुछ्रे  बेस क्याम्पमा प्रविधियुक्त रेस्क्यु सेन्टर स्थापना गरेको जानकारी दिएका छन् ।

भ्रमण वर्ष आउनै लाग्दा गण्डकी प्रदेशले निकै महत्वपूर्ण काम मनाङ र मुस्ताङमा पर्यटकहरूको उपचारका लागि मोबाइल अस्पतालहरू शुरू भएको बताए । त्यसहिसाबले पनि पर्यटकको लागि गण्डकी प्रदेश सुरक्षित  रहेको उनले बताए । 

भ्रमण वर्ष नजिकिँदै गर्दा प्रदेश सरकारले होमस्टेलाई अझ सबलीकरण गर्ने, सुदृढ गर्ने, प्रदेशभित्रको ट्रेकिङ रूटहरूलाई व्यवस्थित गर्ने पर्यटकीय पार्क बनाउने हरियाली बढाउने, भ्युटावर निर्माण गर्ने, आवश्यक भइरहेको ट्रेकिङको बाटोलाई पनि सौन्दर्यकरण गर्ने, ठाउँठाउँमा पूर्वाधारको विकास गर्ने कार्यलाई तीव्र रुपमा कामहरु अगाडी बढाएको मुख्यमन्त्री गुरुङ बताउँछन् । 

उनले सरकारले पर्यटन वर्ष घोषणा नगर्दै आफुहरुले भ्रमण वर्षको एजेन्डा तयार पारिसकेको बताए । यद्यपी प्रदेश सरकारले राम्रोसँग समन्वन्य गरेर काम नगरेको कारण जति पर्यटन व्यवसायीमा उत्साह छाउनेपर्ने त्यो नदेखिएको बताए । 

सरकारले भिजिट वर्ष नमनाएपनि नेपाल भ्रमण गर्न आउने ४० प्रतिशत पर्यटक गण्डकी प्रदेश भ्रमण पुग्ने गरेको बताउँदै मन्त्री गुरुङले भने  सन् २०१८ मा पर्यटकको संख्या अलि बढी भएको कारण उत्साहित भएर घोषणा गरे जस्तो लाग्छ। तर त्यो घोषणा सस्तो लोकप्रियताका लागि गरिएको थियो। यो नेपालको पुरानो चलन हो।

उनले भने केही समय कुरेर लुम्बिनी र पोखराको एयरपोर्ट बनेपछि घोषणा गरेको भए २० लाख होइन ३० लाखको लक्ष्य राखेर योजनाबद्ध, दूरदर्शी तरिकाले गरेको भए त्यो भन्दा राम्रो हुने उनको धारणा रहेको छ । 


 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचार